काठमाडौं उपत्यकामा थपिए ३१० संक्रमित, सक्रिय २४७६

काठमाडौं उपत्यकामा ३१० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ गरी ३१० जना थपिएका हुन्।

यस्तै, काठमाडौंमा २४७६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३०२, भक्तपुरमा ५५३ र ललितपुरमा ६२१ सक्रिय संक्रमित छन्।

नेपालमा दुई महिनायता कोरोना संक्रमितको संख्या बढेको छ।

गत कात्तिक २३ गते ५३३ संक्रमित थपिएकोमा त्यसयता क्रमिक रूपमा संक्रमित संख्या घटेको थियो। पछिल्लो २४ घण्टामा भने संक्रमित संख्या ५४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार २०९ जनाको पिसिआर परीक्षण र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

२७१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ पुगेको छ।

Loading...
error: Content is protected !!