माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो ।

आइतबार बसेको सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

Loading...
error: Content is protected !!