हास्य अभिनेता उत्तम केसी नेपालले नयाँ हास्य श्रृंखला ‘अब जे होला होला’ निर्माण गरेका छन् ।
केसीकै लेखन तथा निर्देशनमा तयार भएको उक्त श्रृंखलाको प्रोमो सोमबार सार्वजनिक भएको छ ।
सामाजिक विषयवस्तुलाई हास्य शैलीमा उतारिएको उक्त श्रृंखलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम बस्नेत, मुकुन्द मैनाली, गीता नेपाल, उत्सव केसी, शोभा भण्डारी, सुष्मिता श्रेष्ठ, प्रकाश विक्रम थापा, सन्देश राउत, विजय तिमिल्सिना, किरण केसी, गगन बास्तोला, संगिता श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् ।
ज्ञान कुमार कट्टेल यो श्रृंखलाका छायांकार हुन् भने प्रेम शर्मा पौडेल यसका सम्पादक हुन् । दुर्गा केसीद्वारा निर्मित यो श्रृंखलामा ओम सुनारको पृष्ठभूमि संगीत सुन्न सकिन्छ ।
निर्देशक केसीका अनुसार यो श्रृंखला प्रत्येक बुधवार ग्लोबल टिभी तथा चुईंचुईं पारेर यूट्युब च्यालनमा साँझ ७:३० बजेदेखि प्रसारण हुनेछ ।
यस्तो श्रृंखलाको प्रोमो: