कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, बुधबार थपिए ११ हजार ३५२

नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २३ हजार ४०९ जनामा कोरोना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

Loading...
error: Content is protected !!