टिकाको ‘मनका रङ्गहरू’ र ‘सन्तानको माया सार्वजनिक

गीतकार, साहित्यकार तथा समाजसेवी टिका भट्टराई नेपालको गीतिसङ्ग्रह ‘मनका रङ्गहरू विमोचित भएको छ । विर्तामोडमा एक विशेष समारोहबीच गीतिसङ्ग्रह ‘मनका रङ्गहरू र ‘सन्तानको माया’ गीतको भिडियो सार्वजनिक गरिएको हो । झापाका साहित्यकार, कलाकर्मीहरू तथा बिशिष्ठ व्यक्तिहरूको बाक्लो उपस्थीतिमा रहेको कार्यक्रम नारायणगोपाल स्मृतिप्रतिष्ठानले आयोजना गरेको थियो ।

विशिष्ट कलाकार लय सङ्ग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथिहरूमा प्राज्ञसभासदस्य सुभद्रा भट्टराई अर्याल, पबन राजवंसी, साहित्यकार चन्द्र भण्डारी, हास्यअभिनेता उत्तम केसी नेपाल रहनु भएको थियो । सार्वजनिक कृतिका बारेमा कवी गजलकार विभश बलिभद्र कोईरालाले समिक्षा गर्नुभएको थियो भने स्रष्टा परिचय साहित्य चौतारी बिर्तामोडका सचिव खलिन्द्रा खुशीले राख्नुभएको थियो ।

प्रमुख अतिथि र अन्य अतिथिहरूले टिकाको कृतित्व र व्यक्तित्वका वारेमा प्रकाश पार्दै स्रष्टा भट्टराईलाई शुभकामना तथा वधाई ज्ञापन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सभापतिको आसनबाट आफ्ना मन्तव्य राख्दै उपस्थित सवैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कञ्चनजङ्घा एफएम का कार्यक्रम प्रस्तोता केशव भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र सङ्ग्रौला, लेखनाथ पुस्तकालय चन्द्रगढीका निवर्तमान सभापति नवराज घिमिरे, कृष्ण सुवेदी निराकार, कचनकववल गाउपालिकाका शिक्षा शाखा प्रमुख छविलाल बस्नेत, सनलाईट सङ्गीत विद्यालय विर्तामोडका संस्थापक सञ्चालक कृष्ण योञ्जन, सङ्गीतकर्मी हरिप्रसाद पौडेल, स्रष्टा हरि वराल, डिल्लीराम परदेशी, अनिरुद्र ओली, लोकगायक तथा मातृका सङ्ग्रौला, स्रष्टा विनोद खनाल, गायक अर्जुन खरेल, जीवन जगदीस धिताल, सुनिता तामाङ, अभागी थेगुवा, इन्द्र कटुवाल, भानुभक्त कुभिण्डेली, रुद्रप्रसाद सिटौला, करुणा श्रेष्ठ, खिलप्रसाद शिवाकोटी, काशिनाथ घिमिरे, एनवी दाहाल नवीन, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी, सञ्चारकर्मी सुशीला सङ्ग्रौला, स्रष्टा गीता सुवेदी नेपाल, दुर्गाप्रसाद सिग्देल, स्रष्टा लीना भण्डारी, चलचित्र निर्देशक दिनेसराज शर्मा ढुङ्गाना, लक्ष्मीअच्युत ढुङ्गाना, अभिनेता दिप्सन भट्टराई, देवीचरण भण्डारी लगायतका साहित्य, कला, सङ्गीत र संस्कृति क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा कलाकारलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Loading...
error: Content is protected !!