तार्केश्वर नगरपालिकाको आगामी मेयरमा नेकपा एमालेबाट हालका मेयर रामेश्वर बोहराले नै अझैका एक कार्यकालका लागि दोहोरीने चाहाना व्यक्त गरेका छन । स्थानीयतहको निर्वाचन हुने चर्चासंगै विभिन्न पार्टीबाट आकाक्षीहरुले आ९आफ्नो दावी प्रस्तुत गर्न थालेसंगै तार्केश्वरमा एमालेबाट बोहरानै दोहोरीने चाहानासहित आफुनिकटका नेतासँग टिकटको दौडधुपमा लागेका छन । तर, एमालेभित्रको बौद्धिक युवा नेताको छबी बनाएका प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका उपमहासचिव राजु सुवेदीले तारकेश्वरको मेयरमा उम्मेदवारी दिने चर्चापछि भने बोहोराको चाहाना पुरा हुनेमा धेरैले शंका व्यक्त गरेका छन ।
एमाले उपाध्यक्ष राम बहादुर थापा बादल निकटका सुवेदीलाई तारकेश्वरमा मेयरको उम्मेदवार बनाउन अध्यक्ष ओलीसमेतले चासो राखेको चर्चापछि बोहोराको दोहोरिने आकांक्षामा सुवेदी चुनौतिका रुपमा देखा परेका छन । सुवेदीले छाडे बोहराको नाममा कुनै विवाद नरहेको र उनी पार्टी भित्रको साझा उम्मेद्बार रहेको समेत बोहोरानिकटका स्थानीय नेताहरु बताउने गरेका छन । उता अर्का आकांक्षीका रुपमा अघि सरेको स्थानीय पुराना नेता लेखनाथ फुँयालले समेत मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका छन । तर फुँयालले यसपटक टिकट पाउने सम्भावना भने छैन ।
तार्केश्वरका नेकपा एमाले जनमतको आधारमा पहिलो पार्टीको रुपमा रहेको छ । सुवेदीले सहयोग गरेको अवस्थामा बोहरा तार्केश्वरमा मेयरका बलिया उम्मेद्बार हुने चर्चा अहिले पार्टीको जिल्ला तहसम्मै हुने गरेको छ । स्थानीय जनताविच लोकप्रिय दुईपटक गाबिस अध्यक्षको रुपमा काम गरिसकेका बोहरा मेयरमा निर्वाचित भएसंगै जनताको काममा निरन्तर सक्रिय रहदै आएका छन् ।
मेयर बोहराले सुरु गरेको बिकासको कामलाई पुर्णता दिन पनि तार्केश्वरमा पुनः एकपटक उनलाईनै मेयरमा जिताउनु पर्ने स्थानीय विश्वनाथ तिमिल्सिनाले बताए ।
तार्केश्वर नगरपालिकाको आगामी मेयरमा कांग्रेसबाट कृष्णहरि महर्जन, इच्छाराम कार्की लगायतका ५ जना र माओवादी केन्द्रबाट राम कुमार थापा लगायतका ३ जनाको आकांक्षा रहेको अहिले चर्चा छ ।
काठमाडौं तारकेश्वरमा एमालेबाट यी हुन् मेयरका दाबेदार, को-कति बलियो ?