तारकेश्वर नगरपालीकाद्धारा नयाँ सहकारी दर्ता खुलाउने तयारी
स्थानीयहरुलाई दिइयो पुर्व सहकारी शिक्षा तालिम
काठमाण्डौं । तारकेश्वर नगरपालीकाले निकट भबिष्यमानै नयाँ सहकारी दर्ता खुल्ला गर्ने तयारीको साथ सहकारी दर्ताको कार्यविधि तयार गरिरहेको बताएको छ ।
संविधानले स्थानीय निकायलाई सहकारी दर्ताको अधिकार दिएपछि तारकेश्वर नगरपालीकाले सहकारी सम्बन्धी ऐन र नियमावली बनाएर स्थानीय राजपत्र समेत जारी गरीसकेको छ । नगरपालीकाले ऐन र नियमावली तथा केन्द्र र प्रदेशको कानुनसंग नबाझिने गरी सहकारी कार्यविधि तयार गरेर नयाँ सहकारी दर्ता खुल्ला गर्ने तयारी गरिरहेको छ ।
तारकेश्वर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्सालले सहकारी कार्यविधिको ड्राफ्ट तयारी भइरहेको बताँउदै सहकारी अभियन्ता र स्थानीयहरुको सुझाबको आधारमा कार्यविधिलाई अन्तीम रुप दिने बताउनुभयो । लम्सालले कार्यविधि पास भएपछि नगरपालीकाले एउटा क्राइटेरीया निर्धारण गरेर नयाँ सहकारी दर्ता दिने बताउनुभयो ।
तारकेश्वर नगरपालीकाका सहकारी बिभाग हुर्ने अधिकृत तिर्थराज थापामगरले कार्यविधि तयार भएपछि नगरपालीकाले उत्पादन र बिषयगत तर्फका नयाँ सहकारी दर्ता खुल्ला गर्ने बताउनुभयो ।
उहाँले सहकारी कानुनमा नगरपालीका क्षेत्र भित्रमा प्रति २ हजार जनसंख्या अनुसार एक बचत तथा ऋण सहकारी हुनुपर्ने स्पष्ट व्यवस्था भएकाले अहिलेको अवस्थामा तारकेश्वर नगरपालीकामा नयाँ बचत तथा ऋण सहकारी दर्ता गर्न नसकिने बताउनुभयो ।
अधिकृत थापामगरले कार्यविधि तयार भएपछि नगरपालीकाले सहकारी दर्ताका लागि सुचना जारी गर्ने बताउनुभयो । उहाँले नयाँ सहकारी बचत तथा ऋण बाहेकका बहुउदेश्यीय, कृषि, श्रम सहितका लागि आवेदन दिन सकिने स्पष्ट पार्नुभयो ।
उहाँले नयाँ सहकारीलाई आवश्यकता र औचित्यताको आधारमा एक देखि दुईवटा वडा कार्यक्षेत्र दिएर दर्ता गरिने बताउनुभयो ।
तारकेश्वर नगरपालीकाको तथ्यांक अनुसार नगरक्षेत्र भित्र हाल ४९ वटा बचत तथा ऋण सहकारी सञ्चालनमा रहेका छन् । नयाँ जनगणनाको अन्तीम तथ्यांक नआइसकेकाले पुरानो जनगणनाको आधारमा तारकेश्वरमा सञ्चालन भएका ति सहकारीहरु पर्याप्त रहेको नगरपालीकाको दावी रहेको छ ।
नगरपालीकाद्धारा ४० जनालाई पुर्व सहकारी शिक्षा प्रदान
यता, तारकेश्वर नगरपालीकाले नयाँ सहकारी दर्ता खुलाउने तयारी गरिरहंदा सहकारी प्रति चासो राख्ने तथा सहकारी शिक्षा लिन चाहनेहरुका लागि ३ दिने पुर्व सहकारी शिक्षा सम्बन्धी तालिम दिएको छ । नगरपालीकाले सुचना निकालेर तालिमका लागि दरखास्त आब्हान गरेकोमा छनौटमा परेका करिब ४० जनालाई तालिम दिएको हो । तालिम फागुन १ गते देखि ३ गते सञ्चालन गरिएको थियो ।
तालिममा सहकारीको अर्थ, मर्म, दर्शन र मुल्य मान्यता, सहकारी अवधारणा र सिद्धान्तहरु, नेपालमा सहकारीको बिकासक्रम र विद्यमान अवस्था, सदस्यता केन्द्रीयता, सहकारी संस्थाको पुहंच र सञ्जालीकरण, सहकारी संस्थाको दर्ता प्रकृया, सहकारीको बिष्यागत कार्यक्षेत्र र सम्भाव्यता, सहकारीको बिनियम ढाँचा, सहकारी ऐन, सहकारी नियम, सहकारी साधारणसभा र निर्वाचन प्रकृया लगायतको बिषयमा तालिम प्रदान गरिएको तालिम संयोजक तथा तारकेश्वर नगरपालीकाका अधिकृत तिर्थराज थापामगरले बताउनुभयो ।
तालीमको उदघाटन गर्ने क्रममा तारकेश्वर नगरपालीकाका मेयर रामेश्वर बोहराले सहकारी शिक्षा तालिमलाई अवसरको रुपमा लिएर भविष्यमा राम्रो सहकारी अभियन्ताको रुपमा पहिचान बनाउनको लागि सुभकामना दिनुभएको थियो । तालिम उदघाटनमा उपमेयर भवानी डोटेल, तारकेश्वर नगरशिक्षा प्रमुख होमनाथ न्यौपाने लगायतको उपस्थीति रहेको थियो ।
तालिममा सहभागीहरुलाई नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी (नेफस्कुन)का तर्फबाट सुमन घिमिरे सहित तारकेश्वर नगरपालीकाका अधिकृत तिर्थराज थापामगर, इन्दिरा अधिकारी र हरिकृष्ण अर्यालले प्रशिक्षण दिनुभएको थियो ।
तालिम समापन गदै तारकेश्वर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्सालले तारकेश्वर नगरपालीकाले सहकारी सम्बन्धी ऐन र नियमावली बनाएर स्थानीय राजपत्र समेत जारी गरिसकेको बताँउदै नगरपालीकाले कार्यविधि बनाए लगतै सहकारी दर्ता खुला गरिने बताउनुभयो । नगरपालीकाले बनाएको सहकारी एने र नियमावलीमा भएको जटिलतालाई परिमार्जन गदै कार्यविधि मार्फत त्यसलाई सहज बनाउन नगरपालीका तयार रहेको बताँउदै प्रमुख प्रशासकिय अधिकृत लम्सालले आशाबादी भएर सहकारी अभियानमा लाग्न सुझाब दिनुभयो । उहाँले प्रचलित कानुनको परिधिभित्र रहेर केन्द्र र प्रदेशको कानुनसंग नबाझिने गरी सहकारी दर्तालाई सहज बनाउने आश्वास दिनुभयो ।
तालिम कार्यक्रम समापनको क्रममा सहभागीहरुको तर्फबाट मन्तव्य राख्दै प्रशिक्षार्थी लक्ष्मी बस्नेतले आफुहरुले पाएको सहकारी शिक्षा र बजारमा सञ्चालन भइरहेको सहकारीहरुको गतिविधिहरु ठिक बिपरीत पाएको बताँउदै सहकारी शिक्षाले आफ्नो व्यक्तिगत जिवनमा सहयोग पुगेको बताउनुभयो ।
सहभागीका तर्फबाट मन्तव्य राख्ने क्रममा प्रशिक्षार्थी बेदनाथ सुवेदीले नगरपालीकाले बनाएको एने र नियमावलीले सहकारी दर्तामा जटिलता रहेको बताँउदै कार्यविधि अली सहज तररीकाले आउनु पर्नेमा सहभागीहरुको सबैको सुझाब रहेको बताउनुभयो ।
तारकेश्वर नगरपालीकाले सहकारी दर्ताको कार्यविधि तयारी गरिरहेको बताएको छ । नगरपालीकाले तयार गरिरहेको कार्यविधिमा सहकारी दर्ताका क्रममा न्युनतम ३० जना संस्थापक सदस्य हुनुपर्ने र ति मध्य ८० प्रतिशत सदस्य सहकारीको कार्यक्षेत्र भित्र स्थायी बसोबास गरेको र २० प्रतिशत अस्थायी बसोबास गरेको हुनुपर्ने सहितको व्यवस्था ड्राफ्टमा उल्लेख गरिएको बताइएको छ । यस्तो व्यवस्था भएमा यहाँका स्थानीय र बाहिर आएका बिच बिभेद देखिने तथा नयाँ सहकारी दर्तामा कठिन हुने भन्दै यसलाई सहज बनाउन पुर्व सहकारी शिक्षामा सहभागीहरुले नगरपालीकासंग माग समेत गरेका थिए ।
नगरपालीकाले कार्यविधि तयार भएपछि बचत तथा ऋण सहकारी उत्पादन मुलक र बिषयगत सहकारी दर्ता खुला गर्ने तयारी गरेको छ ।