एमसीसी सम्झौता खारेजीको माग गर्दै काठमाडौँको बानेश्वरमा राँके जुलुस भएको छ । नेकपा माओवादी केन्द्र वाइसीएल नेपाल र अखिल क्रान्तिकारीका लगायतका जनवर्गिय सङ्गठनले बानेश्वरमा एमसीसी खारेज गर भन्दै राँके जुलुस गरेर विरोध पर्दशन गरेका छन् ।
बिहीबार साँझ बानेश्वरमा एमसीसी चाहिँदैन गो ब्याक एमसीसी लगायतका नारा लगाउँदै राँके जुलुस गरिएको छ । एमसीसीको खारेजीको माग गर्दै राँके जुलुस निकालेर विरोध पर्दशन गरिएको नेकपा माओवादी केन्द्र पार्टीका युवा नेता तथा वाइसीएल नेपाल काठमाडौँको सम्म नयन समितिका सचिव सुवास अधिकारीले जानकारी दिए । यस्तै राँके जुलुसमा तारकेश्वरबाट युवा नेता दीपक पाठकको नेतृत्वमा सैयौको सहभागिता थियो । राँके जुलुसमा ३ हजार भन्दा बढीको सहभागिता थिए ।