तारकेश्वरका वडामा पनि बढ्यो चुनावी सरगर्मी, को हुन् वडा ११का सम्भावित उम्मेद्वार ?

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै काठमाडौंमा चुनावी सरगर्मी बढेको छ । यहाँका स्थानीय तहहरूमा उम्मेदवारी घोषणा समेत सुरु भइसकेको छ । राजनीतिक पार्टीहरुले चुनावी विषयमा आन्तरिक छलफल गर्न थालेका छन् ।

यसैक्रममा तारकेश्वर नगरपालिकामा पनि चुनावी माहोल तातेको छ । यहाँ विभिन्न दलका नेताहरुले उम्मेदवारी घोषणा गर्नेक्रम बढेको छ । गत निर्वाचनमा तारकेश्वर नगरपालिकाको ११मा नेकपा एमालेका नेता बिन्दा बुढाथोकी बिजयी भएका थिए ।

बुढाथोकीले गत निर्वाचनमा ६सय ५८ मत पाएका थिए, भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कवीराज बस्नेतले ६ सय ५१ मत पाएका थिए । वडाको अध्यक्षमा एमालेबाट आंकाक्षीहरुको चर्चा सुरु भएको छ । अध्यक्षमा यसपटक बाबुकृष्ण केसी, मनोहर थापा, प्रज्वल बिक्रम थापा, चिरनजीबी थापाको चर्चा रहेको छ । बाबुकृष्ण केसी लामो समय देखी एमालेको राजनीतीमा सक्रीय ब्यक्ती हुन् । यस्तै मनोहर थापाले पनि आकांक्षा देखाएका छन्। उनी एमालेको वडा अध्यक्ष समेत हुन । यस्तै एमाले बाट वडा सदस्य प्रज्वल बिक्रम थापालेको पनी वडामा चार्चा रहेको छ । यसैगरी चिरनजीबी थापा लामो समय देखी एमालेको राजनीतीमा सक्रीय ब्यक्ती हुन् ।

यस्तै, अघिल्लो पटकको वडा अध्यक्षमा ७ भोटले पराजीत काँग्रेस नेता कवीराज बस्नेतले यो पटक पनि आकाक्षा देखाएका छन् । उनी नेपाली कांग्रेसबाट बलिया उम्मेद्वार समेत हुन् ।

यता नेकपा माओवादी केन्द्रबाट तारकेश्वर नगरपालिकाको वडा ११मा लोक बहादुर ढुङ्गेल र दिपक पाठकको नाम चर्चामा रहेको छ । वाम राजनीतिमा सक्रिय ढुङ्गेल पछिल्लो समय तार्केश्वर नगरपालिका९ ११मा माओवादी केन्द्र अध्यक्षको रुपमा सक्रिय रहदै आएका छन् ।यस्तै अर्को चर्चामा रहेको नाम हो । दिपक पाठक माओवादी केन्द्रबाट वडा सचीब समेत रहेका पाठक लामो समयदेखि राजनीति मार्फत सामजसेवामा सक्रियत रहदै आएका छन् । उनी माओवादी केन्द्रबाट बलिया उम्मेद्वार हुन् ।

यस्तै एकीकृत समाजवादीबाट वडाको अध्यक्षमा चीज कुमार थापाको नाम पनी चर्चामा रहेको छ । । थापा नेकपा एकीकृत समाजवादी तारकेश्वर नगर ११का बर्तमान अध्यक्ष हुन् ।

Loading...
error: Content is protected !!