आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि नेपाली कांग्रेसले तारकेश्वर नगरपालिका वडा नं २ , ८ र ११ को वडा अध्यक्षका उम्मेद्वारको नाम सिफारिस गरेको छ । सोमबार बसेको कार्यसमितिको बैठकले वडा नं २ बाट राधाकृष्ण खड्गी, वडा नं ८ बाट श्याम कृष्ण सापकोटा तथा वडा नं ११ बाट कविराज बस्नेतको नाम सर्वसहमतिले सिफारिस गरेको हो । वडा अध्यक्षमा अन्य नेताहरुले पनि आकांक्षा राखेपनि अन्तिममा ख्डकी, सापकोटा र बस्नेतको नाम सिफारिस भएको हो ।
सिफारिस भएका उम्मेद्वारहरु मध्ये बस्नेत अघिल्लो निर्वाचनमा पनि वडा अध्यक्षमा लडेका थिए । त्यति बेला उनी एमालेका उम्मेद्वार विन्दा बुढाथोकीसँग ७ मतले पराजित भएका थिए ।
बस्नेतले यसपटक जित्ने आँकलनकासाथ उनलाई सर्वसहमतिले अघि सारिएको बताइएको छ ।