तारकेश्वरको मेयरमा काँग्रेसबाट पाँच जना आकांक्षी, को–कति बलियो ?

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै प्रमुख दलहरूमा कसलाई उम्मेद्वार बनाउने भन्ने बारेमा रस्साकस्सी सुरु भएको छ। निर्वाचनका लागि मनोनयन गर्न अब करीब एक महिना मात्र बाँकी छ । गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलका कार्यक्रमहरु गाउँ केन्द्रित हुन थालेका छन् । काठमाडौं तारकेश्वर नगरपालिकामा पनि राजनीतिक दलका नेताहरूबीच आन्तरिक दौडधूप तीव्र बनेको छ । तारकेश्वर नगरपालिकाको मेयर यसपटक को बन्छ भन्ने चासो सबैमा छ । काँग्रेस लगायत सत्तारुढ दलहरु विच नगरपालिकामा गठबन्धन हुने लगभग निश्चित छ । गठबन्धनका दलहरु भागबण्डा मिलाउनमा व्यस्त छन् । यता नेताहरुले भने नगरको मेयरमा आ– आफ्नो दाबी पेस गरिरहेका छन् । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पनि नगरपलिकामा चुनावी कार्यक्रमहरु तीव्र बनाएको छ । काँगे्रसले नगरका वडा तथा टोलहरुमा समिति निमार्ण गरिराखेको छ । भने नगरपालिको मेयरमा काँग्रेसबाट पाँच जनाले आकांक्षा देखाएको छ । आंकाक्षा देखाउने पाँचै जना पुरुष छन् ।

श्रीराम थापा (पूर्व नगर सभापति)

नेपाली काँग्रेस तारकेश्वर नगरपालिकाका पूर्वनगर सभापति श्रीराम थापाले पनि मेयरमा आकांक्षा देखाएका छन् । उनी यसभन्दा पहिले तारकेश्वरको मेयरमा एमाले उम्मेद्वार रामेश्वर बोहोरासँग पराजित भएका थिए । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका एमाले उम्मेदवार बोहोराले ९ हजार ७४६ मत प्राप्त गर्दा थापाले ७ हजार ७५७ मत प्राप्त गरेका थिए । उनी यस पटक पनि मेयरको टिकट पाउन लागि परेका छन् । उनी तारकेश्वरको मेरका लागि बलियो दाबेदार हुन् । नगरको समृद्धि र काँग्रेसको जितका लागि पनि आफूले टिकट पाउनु पर्ने उनी बताउँछन् । उनले आफ्नो नाममा यस भन्दा पहिले नै सहमति भएको दाबी समेत गरेका छन् । पार्टीका कार्यकर्ताहरुको रोजाइमा पनि आफू नै भएको उनले बताए ।
‘यो पटक नगरपालिकाको मेयरमा मेरो दाबी छ । साथीहरुले पहिले नै मेरो नाममा सहमति गरिसकेका थिए । तर अहिले आएर धेरै साथीहरुले आंकाक्षा राख्नु भएको छ । पार्टीको कार्यकर्ता भएपछि आंकाक्षा राख्न पाईन्छ । तर एमालेलाई पराजित गर्न सक्ने उम्मेद्वार उठाउनु पर्छ । कार्यकर्ता र जनताको मनस्थिति बुझ्दा श्रीराम थापाको नाम नै अगाडी आउँछ । त्यसैले पार्टीले मलाई टिकट दिनेमा म ढुक्छ छु । नगरपालिका भित्रका साथीहरु पनि यो कुरामा सकारात्मक नै हुनुहुन्छ । जो जसले आकांक्षा राख्नु भएको छ । उहाँको सहमतिमा नै म मेयरको उम्मेद्वार हुन्छु ।’ तारकेश्वर खबरसँग थापाले भने ।

इच्छाराम कार्की (महाधिवेशन प्रतिनिधि)

नेपाली काँग्रेसको तर्फबाट तारकेश्वर नगरपालिकामा इच्छाराम कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले जनतामा आफू लोकप्रिय भएको र एमालेलाई पराजित गर्न सक्ने क्षमता आफूमा भएकाले पार्टीको तर्फबाट उम्मेद्वारी दिने बताए । तारकेश्वर खबरसँगको कुराकानीमा कार्कीले आफू कुनैपनि हालतमा व्याक हुने पक्षमा नरहेको समेत बताएका छन् । काँग्रेस भित्र मेयरका लागि आकाक्षी धेरै भए पनि आफूमात्र बलियो उम्मेद्वार भएको उनको भनाइ छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कार्की लामो समयदेखि राजनीति मार्फत सामजसेवामा सक्रियत रहदै आएका छन् । उनी कांग्रेसको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा दोस्रो लोकप्रिय मत प्राप्त गरि विजयी भएका थिए ।
‘तारकेश्वर नगरकापालिकाको मेयरका लागि मैले उम्मेदवारी घोषण गरिसके । म यो मैदानबाट अब व्याक हुन्न । एमाले उम्मेदवारलाई हराउने क्षमता म मा छ । पार्टीले मूल्याङ्कन गरेको छ होला ।’ उनले थपे ‘मेयरका लागि हाम्रो पार्टीबाट आकांक्षी धेरै हुनुहुन्छ । तर आकांक्षा राखेर मात्र हुँदैन । जनतामा पनि लोकप्रिय हुनुपर्छ । नेताका पछि लागेर नगरका विकास सम्भव छैन । जनताका पछि लाग्नु पर्छ । तबमात्र नगरको विकास हुन्छ । यदि मैले पार्टीबाट टिकट पाए भने यस क्षेत्रका जनताले मलाई विश्वास गर्नेमा म ढुक्क छु ।’

कृष्णहरी मर्हजन (नगर सभापति)

कृष्णहरी महर्जन काँग्रेस तारकेश्वर नगरको बर्तमान सभापति हुन । उनले पनि नगरपालिकाको मेयरका लागि आंकाक्षा देखाएका छन् । काँग्रेसको नगर सभापति भएका कारण पनि आफूको दाबी स्वभाविक उनी बताउँछन् । मेयरका टिकट पाउनका लागि पछिल्लो समय उनले दौडदुप तिव्र पारेका छन् । पार्टीका केहि नगरस्तरीय नेताहरु समेत उनले टिकट पाउने बताउँछन् । तर उनलाई टिकट पाउन भने सजिलो छैन । नगर पालिकाका लोकप्रिय नेता श्रीराम थापा र इच्छाराम कार्कीले समेत दाबी गरेका कारण उनलाई गाह्रो पर्ने अनुमान हुन थालेको छ ।

को– को छन् अन्य आकाक्षी

नगरपालिकाको मेयरमा यसपटक मनोहरि तिवारी र इन्द्रमान मर्हजनको नाम चर्चामा रहेको छ । तिवारी वडा नं. ३ का वडा अध्यक्ष भइसकेका व्यक्ति हुन् । आफु सफल वडाअध्यक्ष भइसकेका कारण अब मेयरको लाइनमा उभिएको उनी बताउँछन् । स्थानीय सरकारको पहिलो कार्यकालको अनुभव सम्हालेकाले आफु नगर प्रमुखका लागि उपयुक्त उम्मेदवार भएको उनको दाबी छ । यस्तै कांगे्रसबाट युवा नेता इन्द्रमान मर्हजनले पनि नगरपालिकाको मेयरमा आकाक्षां राखेका छन् ।

काठमाडौं तारकेश्वरमा एमालेबाट यी हुन् मेयरका दाबेदार, को-कति बलियो ? 

 

Loading...
error: Content is protected !!