राष्ट्रिय युवा संघ नेपाल द्वारा आयोजित ‘एनवाइएफ शर्ट मुभी कम्पिटिसन २०७८’ को समापन भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण गरिएको हो । उक्त समारोहमा ६५ छोटा चलचित्रले भाग लिएकोमा सो प्रतिस्पर्धाबाट उत्कृष्ट तीन लघु चलचित्र ‘ प्रश्न,‘एसओपि र खाली शिशी’ले क्रमश प्रथम,दितिय, तृतिय भएका छन् । उनीहरुलाई प्रथम, द्धितिय र तृतिय भएकालाई क्रमश दुई लाख पचास हजार ,एक लाख पाचास् हजार ,एक लाख, ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।
नेपाल चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा बिशिष्ठ कलाकारहरु चैत्य देवी सिं,बसुन्धरा भूसाल,शिव श्रेष्ठ,रवीन्द्र खड्का,करिश्मा मानन्धर,उत्तम के सी नेपाल,सुशिल पोख्रेल,सुरवीर पंडित,उपेन्द्र तिमिल्सेना,सुदिप शर्मा लगायतका फिल्मकर्मीको सहभागीता रहेको थियो । सो कार्यक्रममा हास्यकलाकार उत्तम केसी लगायत मुख्य कलाकारहरुलाई प्रमुख अतिथीबाट दोसल्ला ओडाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्वागत मन्तव्य राखेका थिए भने सञ्चारकर्मी दिनेश डिसीले कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै एमालेका युवा नेता महेश बस्नेत र युवा संघका अध्यक्ष रमेश पौडेलले चलचित्रका बारेमा आफ्ना धारण राखेका थिए भने साइबर सर्कल बिभागको आयोजनामा रु ६ लाख बराबर पुरस्कार राशी सहितको ‘निर्वाचन र नेकपा एमाले’ शिर्षकमा टिक्टक भिडियो कम्पीटिसन पनि सोमबाटै सुरु गरिएको कार्यक्रममा जानकारी गराइयो । संघका अध्यक्षले यो कम्पिटिसन आगामी वैशाख ३० भित्र टिकटक बनाई युवा संघमा पठाई सक्नु पर्ने बताएको छ ।