नेपाली कांग्रेसले स्थानीय चुनावका लागि गठन गरेको कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिको सदस्यमा तारकेश्वरकाका युवा नेता दिपेश थापा पनि समेटिएका छन् ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईको नेतृत्वमा गठन गरिएको केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा तारकेश्वरबाट दिपेश थापा मनोनीत भएका छन्।
वैशाखमा हुने स्थानीय चुनावका लागि केन्द्रीय प्रचारप्रसार समितिको चैत २२ को निर्णयअनुसार समिति संयोजकसमेत रहेका प्रवक्ता प्रकाशशरण महतले प्रचार नेटवर्क उपसमितिको गठन गरेका थिए ।
गठन गरिएको उप–समितिमा अधिकांश नेविसंघका नेताहरू रहेका छन् । समिति एक सय ९६ सदस्यीय रहेको छ ।