तारकेश्वर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जन बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार काठमाडौँको तारकेश्वरमा नगर कमिटीद्धारा नयाँ वर्ष २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वडा नं ११ को कार्यलय उद्धघाटन कार्यक्रममा एमाले र काँग्रेसबाट नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई माओवादीका चुनावी कमाण्ड इन्चार्ज हिमाल शर्माले स्वागत गरेका थिए ।प्रवेश गर्नेहरुमा अमृतमान महर्जन, सन्दिप महर्जन, हरि शरण अधिकारी, सलिना आचार्य, सुनिल क्षेत्री, कुमार न्युधिन थिंग रहेका छन् ।
उक्त कार्यक्रममा स्थानीय जनसमुदाय तथा पार्टीका व्यक्तिहरु सहभागी भएका थिए ।साथै विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने जनसमुदायलाई हिमाल शर्माले समेत स्वागत गरेका थिए ।हिजोका दिन भन्दा आज धेरै राम्रो भएको साथै जीत निश्चित भएको पनि वडा कमिटीले दाबी गरेको छ । जनताले माओवादी पार्टी नै आफ्नो पार्टी भएको महसुस गरेको स्थानीय नेताहरुको दाबी छ ।
सम्मान जनक गठबन्धन नभए माओवादी केन्द वडा नं ११ आफ्नै बलमा जित्न समेत सक्षम रहेको सचिव दिपक पाठकले दाबी गरेका छन् ।