ढोरपाटनको मेयरमा नेकपा एमालेबाट पुन: नेपाली नै दोहोरिने

बागलुङको ढोरपाटन नगरपालिकामा नेकपा एमालेले मेयरका लागि उम्मेद्वारको टुंगो लगाएको छ। एमालेले मेयरमा पुनः देव कुमार नेपाली नै अघि सारेको हो । नेपाली  २०७४को स्थानीय निर्वाचनमा भारीमतअन्तरका साथ विजयी भएका थिए । उनी मेयर भएपछि नगरपालिको मुहार परिवर्तन भएको दाबी गर्छन । चुनावी प्रचारप्रसारमा व्यस्त नेपाली ६ दलको गठबन्धनलाई पराजित गर्नेमा ढुक्क छन् ।

यता उप–मेयरमा भने  सहमति नभएकोले  सिफारिसका लागि २ जनाको नाम जिल्लालाई उपलब्ध गराउने तयारीमा छ ।उप–मेयरमा ४ जनाको आकाङ्क्षा रहे पनि २ जनाले अन्त्यमा छोडेका छन ।  उप–मेयरमा करमती पुन मगर, अस्मिता भण्डारीको नाम सिफारिस भएको छ। यसलाई  प्रदेश कमिटीले टुंगोमा पुराउने छ ।

करमती पुन मगर गत २०७४ सालको निर्वाचनमा विजयी भएकी थिइन् । नेकपा(एमाले) बागलुङका  जिल्ला सदस्य पुन फेरि पनि आफ्नो दाबी नछाड्ने भएकी छिन् । समाजसेवा गर्न रुचाउने पुन मिलनसार, बफादार नेतामा पर्छन् ।

नेकपा ९एमाले० बाग्लुङ जिल्ला सदस्य अस्मिता भण्डारी पनि ढोरपाटन नगरपालिकाको उप–मेयर मा आफ्नो दाबी नछाड्ने पक्षमा छिन । सामाजिक काम र राजनीतिमा समय दिन रुचाउने भण्डारी सामाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन ।

यस नगरपालिकामा पार्टीले वडा ६ र ७ मा   वडाको लागि उम्मेदवार  टुंगो लगाए पनी अन्य वडा मा विवाद कायमै छ । अन्य वडाको टुंगो जिल्लाले नै  लगाउनुपर्ने अवस्था उत्पन्न भएको छ ।

 

ढोरपाटन नगरपालिकाका जनता, सरोकार वाला व्यक्ति तथा युवाहरुले अबको उम्मेदवार  जुन पार्टीको प्रतिनिधि आए पनि युवा, शिक्षित, समाजप्रति बफादार, नया सोच भयका उम्मेदवार आउनुपर्नेमा जोड दिएका छन् । पुरानो प्रतिनिधिका ठाउँमा नयाँ प्रतिनिधिहरुको आवश्यकता रहेको स्थानीयहरुको भनाइ छ ।

Loading...
error: Content is protected !!