फुटुङ्गसम्बन्धीको नयाँ पुस्तक लघु विश्वकोष : इतिहासकार राजेश गौतम

काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तकलाई इतिहासकार एवम् लेखक प्रा.डा राजेश गौतमले लघु विश्वकोषको संज्ञा दिनु भएको छ ।हालै सार्वजनिक गरिएको उक्त पुस्तक झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेख्नुभएको हो ।

फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक उक्त पुस्तक विमोचन गर्दै इतिहासकार एवम् लेखक प्रा. डा राजेश गौतमले यथेष्ठ विषय पस्केकाले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरिएको बताउनुभयो । पुस्तक एक प्रकारको साँस्कृतिक लघु विश्वकोष झै लागेको गौतमको भनाइ थियो ।

कार्यक्रमा विकास अर्थशास्त्री प्रा.डा केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउँदै विकास र संस्कृतिलाई परिपूरकको रुपमा लिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा साहित्यकार लब गाउँले र डा.घनश्याम पुडासैनी, उद्यमी हरिकृष्ण रावल, संस्कृतिकर्मी भक्तीनारायण महर्जन, तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्साल लगायतले पुस्तकबारे चर्चा गर्दै नविनतम प्रकाशनले पठन संस्कृतिको विकासमा टेवा पुग्ने बताउनु भएको थियो ।

स्थानीय चुनाव अघिको सन्दर्भमा प्रकाशित पुस्तकले प्रस्तुत गरेको विकासको कामको सूचिले दलहरुलाई आफ्नो विकासको एजेण्डा बनाउनमा सहयोगी हुने विश्वास लेखक श्रीराम फुटुङ्गेको छ । विमोचन कार्यक्रममा फुटुङ्ग एवम् तारकेश्वरका बौद्धिक वर्ग लगायत, साहित्यकार लेखक, विकास पे्रमी तथा राजनैतिक दलका प्रतिनिधि एवम् संचारकर्मी गरी करिब १ सय ५० जना सहभागी थिए । पुस्तक विमोचनका अवसरमा पुस्तकमा चर्चा गरिएका स्थानीय समुदायको परम्परागत बाजा तथा लोक भजनसमेत प्रस्तुत गरिएको थियो । फुटुङ्गमा गरिएको पुस्तक विमोचन यो पहिलो हो ।

Loading...
error: Content is protected !!