तारकेश्वरमा बोहोरालाई दोहोर्‍याउने तयारी

काठमाडौँको तारकेश्वरमा नेकपा एमालेले पुरानै मेयर र उपमेयरलाई दोहोर्‍याउने तयारी गरिएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको प्रदेश टिकट समन्वय समितिको बैठकमा मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भवानी डोटेल धिताललाई नै दोहोर्‍याउने तयारी भएको एमाले नेताहरुले जानकारी दिएका हुन् ।

यसअघि दुईपटक सम्म मनमैजु गाविसको अध्यक्ष भइसकेका बोहोराले नगरको मेयरका रूपमा एक कार्यकाल पुरा गरिसकेका छन् बोहोरासँगै मेयरको आकांक्षा राखेर प्रदेश कमिटी सदस्य राजु सुवेदीले पनि दाबी पेश गरेका छन । । यस्तै उपमेयरको आकांक्षा राखेर मैदानमा आएका ८ जनामध्ये पुरानैलाई दोहोर्‍याउने निर्णय भएको बुझिएको छ ।

Loading...
error: Content is protected !!