‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु

देवेन्द्र पाण्डेको निर्देशनमा चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु भएको छ । बुधबार काठमाडौंको धर्मस्थलीबाट चलचित्रको छायांकन सुरु भएको हो । सौरपानी मिडिया प्रा.लिको ब्यानरमा निर्माण बन्न लागेको यो चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, अविनास न्यौपाने ,सिर्या कार्की , शुभम् आचार्य र सविना न्यौपाने लगायतको अभिनय रहनेछ ।

निर्माता मनु नेपाली पनेरुले चलचित्रमा बच्चादेखि नै भिन्न जातीका दुईजना बालबालिका एक आपसमा धेरै नजिक हुने र पछि छुट्ने तर एक दोहोरीमा अचानक भेट हुने सुखद् कहानी रहेको बताउनुभयो । उहाँले यो चलचित्रको नाम मुनामदनबाट प्रेरित भएको तर मुनमदनका कथावस्तुहरू नरहने पनि जानकारी गराउनुभयो ।

    • चलचित्र सामाजिक विषयवस्तुमा निर्माण गर्न लागेको निर्देशक पाण्डले बताउनुभयो । पाण्डेले यस अगाडि दुई चलचित्र र थुप्रै म्युजिक भिडियो निर्देशन गरिसक्नु भएको छ । चलचित्रमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहने छ ।
Loading...
error: Content is protected !!