तारकेश्वर ९ को वडा कार्यालयमा चोरी, चप्पलदेखि कम्प्युटरसम्म गायव

तारकेश्वर वडा नं. ९ को कार्यालय गएराती चोरी भएपछि वडा कार्यालयबाट प्रदान गरिँदै आएकाने सेवाहरु प्रभावित भएको छ । वडा कार्यालयमा भएका ३ थान कम्प्युटर, १ थान इलेक्ट्रीक हाजिर मेसिन, ३ थान मल्टीपल्क, सिसि क्यामेराको हार्डडिस्क लगायतका सिस्टमहरु र कार्यालयमा प्रयोग गरिने चप्पलदेखि वर्षातिसम्म चोरी भएको छ ।

वडा कार्यालय परिसरका मुख्य दुई गेटहरु भने बन्द अवस्थामा नै रहेको थियो । कार्यालय समयमा कार्यालय सहायक कर्मचारी गएर भित्र जान खोज्दा सबै ढोकाहरु खुल्लादेखि निजले तत्काल प्रहरिलाई खबर गरेका थिए ।

 

Loading...
error: Content is protected !!