नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खस्यो ✍️ तार्केश्वर खबर प्रकाशित मिति: असार ६, २०७९ Share FacebookTwitterFacebook MessengerWhatsAppPrint काठमाडौंको तारकेश्वर नगरपालिकाको नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खसेको छ । बा.४ ख ८०५७ नम्बरको मिनीट्रक पुलबाट खोलामा खसेको प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रले तारकेश्वर खबरलाई बताए । दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।