तारकेश्वर नगरपालिकाको फोहोर एक हप्ता नउठ्ने भएको छ । बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य सूचारु भएको हुँदा नगरको फोहोर एक हप्ता नउठ्ने भएको हो।
तारकेश्वर नगरपालिकाको फोहोर एक हप्ताको अवधिसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घर भित्रै छुट्टाछुट्टै राखी दिन पनि अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।