काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ ।
एकीकृत समाजवादीको काठमाडौं क्षेत्रनम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पराजुली र पोखरेलको नाम सिफारिस गरेको हो ।
अब यो सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुगेपछि अन्तिम निर्णय हुने छ । यदि सत्ता गठबन्धनको भागबण्डामा काठमाडौं क्षेत्र नम्बर ५ एकीकृत समाजवादीले पाएमा पराजुली र पोखरेलमध्ये एकजना उम्मेदवार बन्ने छन् ।
वि.सं २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । यो पटक पनि एमालेको तर्फबाट काठमाडौँ ५ मा पोखरेल उम्मेद्वार बन्ने बलियो सम्भावना छ ।
बैठकले प्रदेशसभातर्फ क्षेत्र नम्बर ५ क मा हरिभक्त श्रेष्ठ र कृष्णप्रसाद सापकोटाको नाम सिफारिस गरेको छ । त्यस्तै ख क्षेत्रतर्फ रामकृष्ण सेढाई,दिपक केसी,मनोहरी खड्का,बालकृष्ण श्रेष्ठ,राजाराम भण्डारी,धावा तामाङ,सुदर्शन पौडेल,सुशान्त डंगोल र माइला श्रेष्ठको नाम सिफारिसगरेको छ ।