काठमाडौँ ६ बाट चुनाव लड्ने सबुज बानियाँको घोषणा

टिकट पाउन पार्टी भित्रै टक्कर, ब्याक नहुने मुडमा बानियाँ

काठमाडौँ– नेपाली काँग्रेस काठमाडौँका जिल्ला सभपति सबुज बानियाँले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेका छन् । उनले काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट काँग्रेसका नेता भिमसेन दास प्रधान विजयी भएका थिए । यो पटक पनि उक्त क्षेत्रमा प्रधानले दाबी गरीरहेका बेला बानियाँले उम्मेद्वारी घोषणा गरेका हुन् । यो क्षेत्रबाट कस्ले टिकट पाउँने बन्ने विषयमा अहिले काँग्रेस भित्र दुई धार देखिएको छ ।

आफूले टिकट पाए जित निश्चित रहेको बानियाँले बताउँदै आएका छन् । भने प्रधान कुनैपनि हालतमा आफ्नो निर्वाचन क्षेत्र छोड्न तयार छैनन् । काँग्रेसका अधिकाशं कार्यकर्ताहरुले भने अब नयाँ पुस्ताले पालो पाउनु पर्ने बताउँदै आएका छन् ।

Loading...
error: Content is protected !!