टोखा नगर भित्र अतिक्रमण गरेका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न ३५ दिने सुचना जारी

टोखा नगरपालिकाले  सार्वजनिक तथा  सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोग गर्नेहरुलाई खाली गर्न ३५ दिने सार्वजनिक सूचना निकालेको छ । भदौ ९ गतेको नगर कार्यपालिकाको बैठकको यहि निर्णयअनुसार उक्त सूचना निकालेको हो। ३५ दिनभित्र अतिक्रमित सरकार तथा सार्वजनिक जग्गा खाली गराउन सबै वडाकार्यालयहरुलाई सूचना टाँस्न नगरले निर्देशन दिइसकेको छ ।

३५ दिनभित्र खाली नगरे नगरपालिकाले नगरपालिकाको कानुनअनुसार अघि बढ्न नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकद्धारा जारी सुचनामा जनाइएको छ । टोखा नगरपालिकाको प्रमुख प्रकाश अधिकारी र उपप्रमुख मुरारी तामाङले टोखाको सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिने स्पष्ट पारे ।

Loading...
error: Content is protected !!