कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ ‘ख’ मा पाँच जनाको नाम सिफारिस, सिटौला पक्षले एकलौटी गरेको भन्दै विरोध

काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । समितिले क्षेत्र नम्बर – ६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो ।

प्रधान कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यस्तै बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । उनी दोस्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह निकट नेता हुन्।

यता नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख द्धारा मंसिर ४ मा हुने प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षमा ३ र समानुपातीकमा २ उम्मेद्धवारको नाम सिफारीस गरेको छ ।

जस अनुसार प्रदेश सभाको प्रत्यक्ष तर्फ प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर अधिकारी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सदस्य तथा नेपाली काँग्रेस बाग्मती प्रदेश प्रतिनिधि राजकुमार महर्जन डंगोलको नाम सिफारीस गरिएको छ । त्यस्तै समानुपातीक तर्फ नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख की सचिब सीता घिमिरेको नाम सिफारीस गरिएको छ ।

सिफारिस भएका सबै कृष्ण सिटौला पक्षका नेता हुन् । सिटौला पक्षका नेताहरु मात्रै सिफारिस भएपछि यतिबेला काठमाण्डौं ६ ‘ख’ काँग्रेस भित्र तिव्र असन्तुष्टि देखिएको छ । उम्मेद्वार सिफारिस गर्न बसेको बैठकमा नै असन्तुष्ट नेताहरुले सिटौला पक्षले बहुमतको दम्भ देखाएर एकलौटी गर्न खोजको भन्दै विरोध जनाएका थिए ।

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी भएको र यसको खुलेर विरोध गर्ने असन्तुष्ट मध्येका एक नेता महाधिवेशन प्रतिनिधि इच्छाराम कार्कीले बताएका छन् । पार्टी भित्र रहेका अन्य आकाँक्षीको कुरा नै नसुनी एकाएक सिटौला पक्षका नेता मात्रै उम्मेद्वारका लागि सिफारिस हुँदा पार्टीको धरातल कमजोर भन्ने कार्कीको भनाइ छ । पार्टी भित्र असन्तुष्ट नेताहरुको संख्या धेरै रहेको भन्दै कार्कीले छिट्टै बैठक बसी आवश्यक निर्णय गर्ने समेत बताएका छन् ।

‘पार्टी भित्र गुटको हाबी भयो । यो पार्टी र कार्यकर्ताका लागि राम्रो कुरा होइन । पार्टीमा सबैले संघर्ष गरेका छौँ । उचित मूल्याकंन हुनुपर्छ ।’ कार्कीले भने , ‘पार्टी भित्र असन्तुष्ट नेताहरुको संख्या धेरै छ । छिट्टै बैठक बसि आवश्यक कदम चाल्छौँ ।’

उम्मेद्वार सिफारिसमा नै काँग्रेस भित्र देखिएको विवाद निवार्चनमा महंगो पर्न सक्ने काँग्रेसका स्थानीय नेताहरुले बताएका छन् । सिफारिस भएका नेताहरु मध्ये कतिपय नेताहरुको राजनीति पृष्ठभूमि समेत कमजोर देखिएको छ ।

Loading...
error: Content is protected !!