को हुन् एमालेबाट काठमाडौं क्षेत्र नं.६(ख)मा सिफारिस भएका बलराम सिटौला ?

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेले काठमाण्डौ क्षेत्र न ६  (ख) मा उम्मेदवार सिफारिस गरेको छ ।

एमालेको क्षेत्रीय कमिटी बैठकले काठमाडौं क्षेत्र नं ६  (ख)मा १३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएको उम्मेद्वारहरुमा कृष्णप्रसाद अधिकारी, विश्वनाथ लामिछाने, सावित्रा शर्मा, रामबाबु पाण्डे, गोपाल सापकोटा, अमृत थापा, बलराम सिटौला, पूर्ण महर्जन, मञ्जरी शर्मा, माधवराज थापा, कृष्ण खत्री, सुरेन्द्र थापा, अमन कुमार मास्के रहेका छन् ।

यसमध्ये युवा नेता बलराम सिटौला सबैभन्दा बलिया उम्मेद्वार भएको एमालेका कतिपय शीर्ष नेताहरुले बताउँने गरेका छन् । नुवाकोटको शिवपुरी स्थायी घर भएका बलराम सिटौला अहिले काठमाडौं तारकेश्वर वडा नं. ९ का स्थायी बासिन्दा हुन् ।

३२ वर्षिय सिटौला स्थानीय सरकारको पहिलो कार्यकालमा सफल वडाअध्यक्षको रूपमा आफ्नो जिम्मेवारी बहन गरिसकेका छन् । सिटौलाले एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति सुरु गरेका सिटौला अहिले काठमाडौं जिल्ला क्षेत्र नं। ६ को (ख) का उम्मेदवार हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाअध्यक्ष सिटौलाले आफ्नो कार्यकाललाई सफलतापूर्वक सम्पन्न गरेका थिए । उनले स्थानीय तहको दोस्रो निर्वाचनमा प्रदेशमा जाने सोच बनाएपछि वडामा उम्मेदवारी नदिएर पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन लागि परेका थिए । नेकपा एकालेको नगर कमिटि सचिवालय सदस्य तथा युवा इन्चार्ज हुन् ।

२०६४ सालमा युवा संघ बसपार्क कमिटी सचिव भई जिम्मेवारी बहन गरेका थिए । त्यस्तै २०६६ सालमा सरस्वती क्याम्पसमा अखिल फोर्सको अध्यक्ष भई जिम्मेवारी सफलतापूर्वक बहन गरेका थिए । २०६८ सालमा खेल्कुद महासंघ अन्तर्गत बक्सिङ संघको उपाध्यक्ष भई जिम्मेवारी बहन गरेका थिए ।

Loading...
error: Content is protected !!