काठमाडौँ–६ (ख) काँग्रेसमा देउवा, शेखर र प्रकाशमानलाई पेल्दै सिटौला

सिटौला पक्षबाट ६ जनाको नाम सिफारिस हुँदा अन्य पक्षबाट शून्य

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर – ६ मा प्रत्यक्षतर्फ भीमसेनदास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस भएको छ।

प्रधान उक्त क्षेत्रका सांसद हुन भने बानियाँ काठमाडौं जिल्ला नेपाली काँग्रेसका सभापति हुन । त्यसैगरी प्रदेश ‘ख’ अन्तर्गत प्रत्यक्षमा प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ‘ख’ का सभापति बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर अधिकारी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं– ६ ‘ख’ का सदस्य तथा नेपाली काँग्रेस बाग्मती प्रदेश प्रतिनिधि राजकुमार महर्जन डंगोलको नाम सिफारीस गरिएको छ ।

त्यस्तै समानुपातीक तर्फ नेपाली काँग्रेस क्षेत्र नं–६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं – ६ ख की सचिब सीता घिमिरेको नाम सिफारीस गरिएको छ ।

उम्मेदवारहरुको नाम सिफारिसमा क्षेत्रिय सभापति बिष्णु भक्त तिमिल्सिनाले एकलौटी गरेको र पार्टीका पुराना र जिन्दगी नै कांग्रेसको राजनीतिमा समर्पण गरेका नेताहरुको अपमान गरेको नेताहरुले बताएका छन् । सिटौला पक्षले एकलौटी गरेको उनीहरुको आरोप छ ।

निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका थापा,इन्द्रमान महर्जन र इच्छाराम कार्कीको नाम समेत सिफारिस नभएकोमा उनीहरुले आपत्ति जनाएका छन्। अधिकांश समय कांग्रेस राजनीतिमा लागेका नेताहरुमाथि यसरी विभेद हुनु खेदजनक रहेको नेता महर्जनले बताएका छन।

त्यसैगरी नेता कार्कीले पार्टी भित्र कृपाबाद र चाकरीबाद हावी हुँदै गइरहेको बताए । सिटौला पक्षतर्फ लक्षित गर्दै कार्कीले पार्टी कुनै व्यक्तिको नभएको बताए । पार्टीमा नयाँ अनुहारलाई प्राथामिकता नदिएकोमा उनको आपत्ति छ ।

क्षेत्र नम्बर– ६ ख मा कार्की, थापा र महर्जनको निकै राम्रो पकड रहेको बताइएको छ। पार्टीमा उनीहरु मात्र नभएर एउटा ठुलो पंक्ति नै असन्तुष्ट देखिएको छ। उनीहरुले क्षेत्रीय सभापतिले गरेको गलत र पूर्वाग्रही निर्णयलाइ जिल्ला र प्रदेश सभापतिले नसच्याए पार्टीले नै क्षति व्यहोर्ने बताएका छन्।

क्षेत्रिय सभापतिको निर्णयबाट संजिव केसी, शिवजी थापा, प्रकाश थापा, कमला निरौला, नारायण रेग्मी, सागर कार्की, भुवन केसी, नवराज भण्डारी, सुवास पौड्याल लगायत थुप्रै स्थानिय युवाहरु असन्तुष्ट रहेका छन्।

Loading...
error: Content is protected !!