बजार विक्री प्रतिनिधि संघको केन्द्रीय उपाध्यक्षमा धितालको उम्मेद्वारी

नेपाल बजार विक्री प्रतितिनिधि संघको केन्द्रीय उपाध्यक्षमा प्रदिप धितालले उम्मेद्वारी दिने घोषण गरेका छन् । तार्केश्वर -५ स्थाई बसोबास भएका धिताल हाल नेपाल बिक्री प्रतिनिधि संघको बाग्मति प्रदेशको सचिव हुन् । उनले विगतमा पनि बिभिन्न तह र मर्यादामा रहि संघमा सेवा गर्दै आइरहेका छन् ।

उम्मेद्वारी घोषणा गर्दै धितालले समग्र बजार व्यवस्थापन क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले उम्मेद्वारी घोषण गरेको बताए ।सेल्स एण्ड मार्केटिङ पेशालाई सामान्य रुपमा नलिइ एउटा देशको अर्थतन्त्र जोगाउने नेत्तृत्व वर्गको रुपमा बजार प्रतिनिधिलाई लिनु पर्ने उनको भनाइ छ । उनले नेपाल बजार विक्री प्रतिनिधि संघले गरेका राम्रा कामलाई देशव्यापी गर्दै संघलाई स्वतन्त्र मजदुर संगठनको रुपमा विस्तार गर्दै सम्पुर्ण मजदुरहरुको छाता संगठनको रूपमा स्थापित गराउने र संस्थालाई सबै सामु चिनाउनु आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

यसभन्दा अगाडि धिताल नेपाल बजार प्रतिनिधि संघ बागमती प्रदेशको सचिव रहदा धिताले बाग्मती प्रदेश भित्र कार्यरत मजदुर हरुको हरेक समस्य समाधान मा उल्लेखनीय भुमिका निर्वाह गर्दै मजदुर हकहित का लागि लड्दै आउनु भएको छ ।

सबै बजारमा कार्यरत सेल्स एण्ड मार्केटिङका साथिहरुलाई हरेक समयमा साथ र सहयोग गर्ने धिताल बजारमा सबैमाझ परिचित व्यक्ति हुन् । धिताले व्यवस्थापनमा स्नातक र राजनितिशात्रमा स्नातकोत्तर गर्नुभएको छ ।

देशकै केन्द्रिय प्रदेशको रुपमा रहेको बागमती प्रदेश लाई संघ ले सबैभन्दा बलियो र चुस्त बनाउन धितालको उल्लेखनीय भुमिका रहेको भन्दै उम्मेद्बारी घोषणा को स्वागत समेत गरेको छ भने देशभर चिनाउन सफल भयको मा बधाई दिदै माहाधिबेशन मा निर्वाचित हुने बिश्वास पनि लिएको छ । सरल तथा इमानदार र प्रभावशाली ब्यक्तित्व भएका उनी बहुचर्चित विभिन्न संघ संस्थामा समेत आबद्ध रहेका छन् ।

उनि हाल सम्भावि फुड एण्ड वेभरेज प्रा।लि मा रिजनल सेल्स म्यानेजर पदमा कार्यरत छन । उनले सम्पूर्ण बजार प्रतिनिधि साथिहरुलाई अत्याधिक बहुमतले बिजयी गराउनहुन आग्रह समेत गरेका छन ।

यही भदै २४ र २५ गते चितवन जिल्लाको नारायणगढमा नेपाल बजार बिक्रि प्रतिनिधि संघको छैटौं राष्ट्रिय महाधिवेशन हुँदैछ ।

Loading...
error: Content is protected !!