काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनका लागि काठमाण्डौ क्षेत्र न ६ ९ख० मा नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ । एमालेको क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरेको हो ।
प्रदेश निर्वाचन क्षेत्र ६ ख बाट दश जनाकोको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेका मध्ये महिला नेतृ सावित्रादेवि शर्माले टिकट पाउने सम्भावना बलियो भएको चर्चा हुन थालेको छ ।
को हुने सावित्रादेवि शर्मा ?
नेकपा एमालेको महिला नेतृ सावित्रा शर्मा यस क्षेत्रमा लोकप्रिय नेतृको रुपमा परिचत छिन् । उनले लामो समयदेखि यस क्षेत्रमा रहि राजनीति गर्दै आएकी छिन् ।
२०३८ सालमा स्ववियूको निर्वाचित पदाधिकारी भएकी शर्मा हाल काठमाण्डौ जिल्ला कमिटी सदस्य हुन् । तारकेश्वर ११ निवासी उनी स्थानीय निर्वाचनमा मेयरको आकाँक्षी थिइन तर अन्तिम समयमा पार्टीले उनलाई टिकट दिएको थिएन् । पारिवारिक साथ, शिक्षा तथा हरेक क्षेत्रमा सक्षम महिला नेतृको रुपमा यस क्षेत्रमा स्थापित भएकी शर्मालाई यस पटक बलियो उम्मेद्वारको रुपमा हेरिएको छ ।