समसायिक चेतना मुलक लघुचलचित्र ‘चरित्र’ निर्माण

लघुचलचित्र ‘चरित्र’निर्माण भएको छ । आर्या इन्टरटेन्मेन्टको प्रस्तुतीमा यो चलचित्र निर्माण भएको हो । रामकाजी घिमिरेको लेखनमा कपिल कार्कीले चलचित्रलाई निर्देशन तथा निर्माण गरेका हुन् । यसका मुख्य सहायक निर्देशक जिवन गौतम रहेका छन् । यस लघुचलचित्रलाई काभ्रेको फुलबारी मथुरा पार्टी आसपासमा खिचिएको हो ।4

दलित तथा जनजातीमाथी उपल्लो जातीका मानिस तथा नेताले गर्ने थिचोमिचोलाई यर्थात रुपमा प्रस्तुत गरिएको समसामयिक चेतना मुलक यस चलचित्रमा उत्तम केसी नेपाल,स्रोता आचार्य,राजकुमार थापा,रामकाजी घिमिरे,रचना पौडेल,आशिका बस्नेत,अन्जु हमाल,अनुमती नेपाली,घनश्याम तिमिल्सिना (एन्टिना),श्रीराम गिरी,कालुराम थापा,सुरेन्द्र खड्का,दिव्यान्स जोशी,कमला खड्का,पर्शुराम सत्याल,अनिश बोहोरा,दर्शक आचार्य,राधिका शंकर, आशिष थापाको अभिनय रहेको छ ।

सुमन कार्कीको परिकल्पनामा निर्माण भएको यस लघुचलचित्रलाई बालकुमार मगरले छायांकन तथा सम्मादन गरेका छन् ।

Loading...
error: Content is protected !!