तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनको नगरपालिकाबाट प्राप्त हुने तलब र भत्ता बापतको रकम सामाजीक र परोपकारी काममा खर्च गरिने भएको छ ।
तारकेश्वर नगरपालिकामा पदभार ग्रहण गरेलगतै मेयर महर्जनले नगरपालिकाबाट आफुले तलब भत्ता नलिने घोषणा गरेका थिए । उनका अनुसार मेयरको तलब र भत्ता बापतको रकम संकलन गरेर अब नियमित रुपमा बिभिन्न सामाजीक र परोपकारी कार्यमा खर्च गरिने छ ।
यसै बिच, बडा दशैंको अवसरमा मेयर महर्जनले बिभिन्न ५ वटा संस्था र बिपन्न नागरीकहरुलाई खाध्यान्न बितरण गरेका छन् । मेयर महर्जनले तारकेश्वर ६ पैयुटार स्थीत अपांग सेवा केन्द्र, तारकेश्वर ५ स्थीत दृष्टीविहिन बालबालिका शैक्षिक केन्द्र, तारकेश्वर ७ फुटुङ स्थीत नवजीवन परोपकार समाज, तारकेश्वर ४ स्थीत इप्सा महिला तालिम केन्द्र र धापसी स्थीत हाम्रो बाल संरक्षण धरोहर नेपालमा आश्रय लिइरहेको अपांगता भएका व्यक्तिहरु र अनाथ बालबालीका लगायतलाई खाध्यान्न सहयोग गरेका छन् ।
खाध्यान्न बितरणको क्रममा मेयर महर्जनले सम्बोधन गदै आफु संघै बिपन्न र असाहाय नागरिकहरुको हितका निम्ती तल्लीन रहेको बताँउदै आफनो कार्यकाल भरि नगरपालिकाबाट प्राप्त हुने तलब र भत्ताबापतको रकम यसै गरि परोपकारी र सामाजीक कार्यमा खर्च गर्ने बताए ।
खाध्यान्न बितरणको क्रममा तारकेश्व नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, उपभोक्ता अधिकारकर्मी तथा सामाजीक अभियन्ता तिर्थ महर्जन, समाजसेवी तथा युवा व्यवसायी हिरा मर्हजन लगायतको उपस्थीति रहेको थियो ।