तारकेश्वर ११ मा फुटसल प्रतियोगित हुँदै

तारकेश्वर ११ मा फुटसल प्रतियोगित हुँदै काठमाडौँ– तारकेश्वर नगरपालिका वडा न ११ को आयोजनामा फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी शनिबार आयोजना हुने प्रतियोगितामा ३५ वर्ष माथिका व्यक्तिहरुले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगितमा सहभागिहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको छ भने विजेता र उपविजेतालाई पुरस्कार दिइनेछ । ‘स्वस्थ समाजका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताको मुख्य उदेश्य नगरबासीहरुबीच एकता र भाइचारा कायम गर्नु रहेको फुटसल प्रशिक्षक गौरव बस्नेतले जानकारी दिएका छन् ।

साथै प्रतियोगिताले खेलप्रति रुचि भएका व्यक्तिहरुलाई खेलकुद क्षेत्रमा क्रियाशिल राख्न सहयोग गर्ने अपेक्षा आयोजकले गरेको छ ।
Loading...
error: Content is protected !!