तारकेश्वर ११ मा भेट्रान फुटबल प्रतियोगिता सम्पन्न

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिका वडा न ११ मा भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतियोगिताको उपाधि स्काई ब्लु जोर्शी लगाएको टोलीले जितेको छ । भने ब्लु जोर्शी लगाएको टोली उप विजेता बनेको छ । फाईनलमा स्काई ब्लु टोलीले ब्लु टोलीलाई ९–० ले पराजित गरेको हो ।

उपाधि हात पार्न सफल स्काई ब्लु जोर्शी लगाएको टोलीमा देवराज बस्नेत, सुरज घले, सुरेश राजवंशी, दीवश खड्का, प्रमेश बोहोरा, रामराजा थापा, मनोज केसी, राजकुमार थापा, भोगेन्द्र थापा, सुरज गुरुङ, सुदीप घिमिरे रहेका थिए । प्रतियोगितमा कुल चार टोलीको सहभागीता रहेको थियो ।

तारकेश्वर नगरपालिका वडा न ११ को आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य नारा ‘स्वस्थ समाजका लागि खेलकुद’ रहेको थियो । नगरबासीहरुबीच एकता र भाइचारा कायम गरि खेलप्रति रुचि भएका व्यक्तिहरुलाई खेलकुद क्षेत्रमा क्रियाशिल राख्न सहयोग गर्ने उदेश्यसहित प्रतियोगिता आयोजना गरिएको वडा कार्यलयले जनाएको छ ।

 

Loading...
error: Content is protected !!