काठमाडौंको असनमा लोकतान्त्रिक –वाम गठबन्धनले चुनावी आमसभा गरेको छ ।
शुक्रवार काठमाडौं क्षेत्र नं. ६ का गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवारहरुले चुनावी सभा गरेर जनतासँग आफूलाई निर्वाचित गराउन आग्रह गरेका छन ।
आमसभालाई सो क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका भिमसेनदास प्रधान, बागमति प्रदेश (क) उम्मेदवार हरिप्रभा खड्गीश्रेष्ठ र प्रदेश(ख) विष्णुुभक्त तिमिल्सिनाले सम्बोधन गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सुुबुज बाँनिया, नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठ लगायतका उपस्थिती रहेको थियो ।