ओलीले माधव नेपाललाई भने- ‘एमालेमै आउनुस्, महत्वपूर्ण जिम्मेवारी दिन्छौं’
'एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी'
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन्।
आइतबार सुर्खेतमा भएको पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘पहिले गरेका गल्ती सच्याएर एमालेमै आउनुस्, हामी ती गल्ती बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन्छौं,’ ।
यस्तै, नेकपा एमालेले बहुमत ल्याएर सरकार बनाउने उनले दाबी गरेका छन्। ओलीले गठबन्धन गरेका दलहरू राजनीतिका बिचौलिया भएकोले जनताले उनीहरूलाई मत नदिने बताए।