काठमाडौँ – नेपाली काँग्रेसकाबाट बागमति प्रदेशतर्फ काठमाडौँ क्षेत्र न ६ (ख)बाट उम्मेदवारी दिएका विष्णुभक्त तिमिल्सिना चुनाव प्रचारमा व्यस्त भएका छन् । तारकेश्वर नगरपालिका र टोखा नगरपालिका क्षेत्रमा घरदैलो गरिरहेका तिमिल्सिना मतदाताले साथ दिनेमा ढुक्क छन् । विसं २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नै पराजित भएका तिमिल्सिनाले यो पटक जनताको राम्रो साथ पाएका छन् । पराजित भएपनि उनी यो पाँच वर्ष सम्म निरन्तर जनताको साथमा रहेर काम गरेको मतादातहरु नै बताउँछन् ।
घरदैलोका क्रममा स्थानीय मतदाताहरुले यस क्षेत्रमा तिमिल्सिनाको विकल्प नभएको बताउने गरेका छन् । तिमिल्सिना विसं २०४६ सालदेखि राजनीतिमा सक्रिय छन् । उनले विभिन्न संघसंस्थामा रहेर जनताको सेवा समेत गरेका छन् । आजसम्म कुनैपनि लाभको पदधारण नगरेको तिमिल्सिनाले आफ्नो परिवारलाई भन्दा धेरै प्राथामिकता समाज र देशलाई दिने गरेको कुरा उनले गरेको सामाजिक कार्यबाट प्रस्ट हुन्छ ।
भूकम्पका बेला जनताको घर पुननिमार्ण गर्न होस, याँ टहरा बनाउन होस् अथवा कोरोनाका बेला घरघरमै पुगेर जनतालाई स्वास्थ्य सामाग्री वितरण गर्न होस् उनी सधै अग्रगी स्थानमा रहेर लागि परे । त्यसैले पनि जनताले आफूलाई साथ दिनेमा तिमिल्सिना विश्वस्त । उनी यस क्षेत्रको नेतृत्व गरि नागरिककोसँगसँगै समग्र प्रदेश बासिन्दाको जिवनस्तरमा सुधार गर्न चाहन्छन् ।