काठमाडौँ – सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ६ (क) मा बागमती प्रदेश सभा सदस्यका लागि उम्मेदवार रहेकी नेपाली काँग्रेसकी नेतृ हरिप्रभा खड्गी श्रेष्ठले विकास र समृद्धिका लागि रुख चिन्हमा मतदान गर्न अपील गरेकी छिन् ।
निर्वाचन प्रचारप्रसारमा व्यस्त खड्गीले पत्रकारहरुसँग कुरा गर्दै संविधानको रक्षा र विकासका लागि रुख चिन्हमा मतदान गर्न अपील गरेकी हुन् । उनले घरदैलोमा गइरहँदा मतदाता गठबन्धनलाई भोट दिने कुरामा सकारात्मक रहेको समेत बताइन ।
स्थानीयहरुले पनि यस क्षेत्रका विकासका लागि खड्गी नै उत्कृष्ट उम्मेदवार रहेको बताउने गरेका छन् । संघ र प्रदेशमा महिला प्रतिनिधिको संख्या घट्दै गइरहेका बेला यसक्षेत्रबाट खड्गी श्रेष्ठ उम्मेदवार बन्नु आफ्ना लागि गौरवको कुरा भएको मतदाताहरु बताउँछन् ।
यसअघि काठमाडौँ महानगरपालिकाको उपमेयरको रुपमा पनि खड्गीले काठमाडौँका जनताको सेवा गरेकी थिइन् । विकास र नीति निमार्णका हिसाबले उनको कार्यकाल सफल मानिन्छ । रानीपोखरीको पुननिमार्णदेखि कमल पोखरीको पुननिमार्णसम्म खड्गी श्रेष्ठले महत्वपूर्ण योगदान दिएकी छन् ।
उनको कार्यकालमा ऐतिहासिक सम्पदाको संरक्षणमा महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएका थिए । बसन्तपुर दरबार क्षेत्रलाई ऐतिहासिक अवस्थामा नै राख्नुपर्छ भनि खड्गी श्रेष्ठले तत्कालीन मेयरको निर्णय नै उल्टाइदिएकी दिइन् । जसले गर्दा काठमाडौँ, काठमाडौँबासी र समग्र देशको पहिचान बोकेको बसन्तपुरको स्वरुप र ऐतिहासिक अवस्था संरक्षण हुन पाएको छ ।