काठमाडौँ – ६ मा गठबन्धनले चुनावीसभा गर्दै

काठमाडौँ – नेपाली काँग्रेसले काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर नगरपालिकाको मनमैजु लोकतान्त्रिक चोकमा बृहत चुनावीसभा गर्ने भएको छ । उक्त सभालाई पार्टीका नेता तथा अर्थविद् स्वर्णीम वाग्लेले सम्बोधन गर्ने भएका छन् ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरि उक्त सभाको आयोजना गरिएको बताइएको छ । सभामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुका साथै स्थानीय मतदाताहरुको सहभागीता रहनेछन् । काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा भिमसेनदास प्रधान र प्रदेशतर्फ हरिप्रभा खड्गी श्रेष्ठ र विष्णुभक्त तिमिल्सिना चुनावी मैदानमा छन् ।

यो क्षेत्रलाई काँग्रेसले हरियो जोनमा राखेको छ । प्रधान यसअघि दुईपटक यस क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन् । त्यस्तै हरिप्रभा काठमाडौँ महानगरपालिकाकी निर्वतमान उपमेयर हुन् । उपमेयरको रुपमा उनका कार्यकाल निकै नै फलदाय भएको यहाँका मतदाताहरु बताउँछन् ।

भने विष्णुभक्त तिमिल्सिना यस क्षेत्रका सबैभन्दा लोकप्रिय युवा उम्मेद्वार हुन । विगत लामो समयदेखि राजनीतिमा सक्रिय तिमिल्सिनाले यस क्षेत्रको विकासका लागि धेरै नै महत्वपूर्ण कामहरु गरेको मतदाता बताउँछन् ।

Loading...
error: Content is protected !!