काठमाडौँ -६ (ख) सँगसँगै समग्र प्रदेशको विकासका लागि मेरो उम्मेदवारी – विष्णुभक्त तिमिल्सिना

सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ६ ९ख०बाट बागमती प्रदेश सभाका लागि उम्मेदवार बनेका विष्णुभक्त तिमिल्सिनाले बागमती प्रदेशको समृद्धि र विकासका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ६ मा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै तिमिल्सिनाले काठमाडौँसँगसँगै समग्र बागमती प्रदेशको विकासका लागि आफूले उम्मेदवारी दिएको बताएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्र सम्भावना नै सम्भाना बोकेको क्षेत्र भएको बताउँदै यहाँको उचित विकास गरि जनताको जिवनस्तर परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

पर्यटकीय क्षेत्रको विकास गरि काठमाडौँ क्षेत्र नम्बर ६ विश्वमा नै चिनाउने आफ्नो योनजा भएको उनले बताए । सांस्कृति सम्पदा देशका धरोहर भएको बताउँदै तितिल्सिनाले यस क्षेत्रका ऐतिहासिक, धार्मिक र संस्कृतिलाई जर्गेना र संरक्षण गर्न सधै लागि पर्ने प्रतिबद्धता व्यक्ति गरे ।

विंस २०४६ सालको आन्दोलनबाट राजनीतिमा होमिएका तिमिल्सिना यस क्षेत्रमा सोच्छ छवि भएका नेताहरुमा पर्छन । नेपाली काँग्रेसलाई तारकेश्वरमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको तिमिल्सिनाले कोरोना महामारी र भूकम्पको बेला यस क्षेत्रका जनतालाई विर्सन नसक्ने गुन लगाएको स्थानीयहरु बताउँछन् ।

Loading...
error: Content is protected !!