बागमतीको समग्र विकास र सम्पदा संरक्षण गर्ने अठोटसहित चुनावी मैदानमा छु- हरिप्रभा खडगी श्रेष्ठ

काठमाडौँ – नेपाली काँग्रेसकी नेतृ तथा गठबन्धनको तर्फबाट बागमती प्रदेशसभामा काठमाडौँ क्षेत्र नम्बर ६ (क)बाट उम्मेदवार बनेकी हरिप्रभा खडगी श्रेष्ठले देश विकासका लागि राजनीतिज्ञ र विषयविज्ञहरुबीच तालमेल हुनुपर्ने बताएकी छन् ।
गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ६ मा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै हरिप्रभाले देशको समानुपातिक विकास र समृद्धिको सपना पुरा गर्न सबै एकैठाउँ हुनुपर्ने बताएकी हुन् । उनले आफू काठमाडौँ महानगरको उपमेयर हुँदा विज्ञहरुको साथ लिएर स्मरण गरिन् ।

साथै उनले काठमाडौँ भित्र रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि आफू सधै लागि परेको र अब पनि लागि पर्ने बताईन । उपमेयर हुँदा रानीपोखरी, बसन्तपुर लगायतका क्षेत्रको संरक्षण र विकासका लागि आफूले मेयरको हस्तक्षेप हुँदाहुँदै पनि धेरै काम गरेको उनले बताइन् । काठमाडौँभित्र भएका सांस्कृति सम्पदा देशकै पहिचान भएको उनको भनाइ छ । उनले देश र बागमती प्रदेशको समग्र पक्षको विकासका लागि काँग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपील समेत गरेकी छिन् ।

Loading...
error: Content is protected !!