एमालेको विजयका लागि राजनीतिमा लागेको हुँ : सर्वेन्द खनाल

 

नेकपा एमालेको तर्फबाट काठमाडौं ६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आफू ब्यक्तिगत जीतको लागी नभएर एमालेको विजयका लागि राजनीतिमा लागेको बताएका छन् ।

नेकपा एमाले काठमाडौं –६ प्रदेश (ख) निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको कारण एमालेलाई जिताउन अपिल गरेका थिए ।

शनिबार दियालो फुडल्याण्डमा भएको चुनावी कार्यक्रममा एमाले केन्द्रीय सदस्य केशव स्थापित उपस्थित थिए । त्यस्तै कलाकार उत्तम केसीले सर्वेन्द्र खनाल जस्तो उम्मेदवार पाउनु गर्वको कुरा रहेको बताएका थिए ।

कार्यक्रममा प्रदेशसभा (ख) उम्मेदवार अमनकुमार माश्केले बिकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Loading...
error: Content is protected !!