काठमाडौँ – ब्राण्ड यु पिक्चर्स प्रा.लीले तारकेश्वर राष्ट्रिय व्यक्तित्व तथा कलाकार सर्जकहरुलाई सम्मान गरेको छ । ब्राण्ड यु पिक्चर्स प्राली तथा तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुती रहेको दुर्गा के। सी।ले निर्माण गरेको टेलिश्रृङखला ‘अव जे होला होला’ को ५२ औं भाग पुरा गरेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय व्यक्तित्व तथा कलाकारलाई सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका प्रथम नायिका भुवन थापा चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुषाल, प्रथम रंगिन चलचित्रकी नायिका चैत्यदेवी सिंह, विशिष्ठ कलाकार निर्देशक लय संगौला, विशिष्ठ डिजाइनर सुन्दर श्रेष्ठ, विशिष्ठ कलाकार निर्देशक मोहन निरौलालाई ‘विशिष्ट कला सम्मान’ प्रदान गरिएको थियो ।
‘विषेश कला सम्मान’ प्राप्त गर्न सफल कलाकारहरु
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, जनपक्षिय चलचित्रकर्मी संघका अध्यक्ष– सञ्चारकर्मी दिनेश डि। सी।, विशिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेत, नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष प्रेम भोम्जन पुष्कर लामा, बरिष्ठ लोक गायक ध्रुब राज खडका, बरिष्ठ कलाकार सुभाष प्रसाद गजुरेल, प्रकाश विक्रम थापा, ध्रुबतारा बुढाथोकी, कलाकार–निर्देशक सोभित बस्नेत, सञ्चारकर्मी अशोक कुमार बस्नेत, कृष्ण भुषाल, गीता अधिकारी, कुबेर गिरी, किरण अधिकारी, भोला अधिकारी, गायक–संगीतकार गडुल ध्वज गुरुङ जिमी, अन्तरराष्ट्रिय मोडल दिपक घिमिरे, भिडियो निर्देशक देबेन्द्र पाण्डे, निरेन श्रेष्ठ, राजकिङ वाईवा, निर्देशक राजेन्द्र उप्रेती, नृत्य निर्देशक टेक बहादुर लामा छिरिङ, शिशिर खाती, रामेश्वर बुर्लाकाेटी, अजय कुमार बिष्ट, कृष्ण रसाल, प्रकाश श्रेष्ठ, ज्ञानेन्द्र बहादुर खड्का, कलाकार उत्तम के। सी। नेपाल, दमन रुपाखेती, कलाकार मुकुन्द मैनाली, कमल भट्ट, लक्ष्मीनाथ तिमिल्सिना, उत्तम अर्याल केदे, रामकाजी घिमिरे, किशोर भण्डारी, ईन्द्र दोङ लामा खम्बे, राजु अधिकारी, संगम राई लब्ली, रश्मी भट्ट, उत्सव के। सी।, शेखर खनाल,
निर्देशक–सम्पादक प्रेम शर्मा पौडेल, छायाँकार ज्ञान कुमार कटेल, डिजाईनर टिका ध्वज थापा क्षेत्री रमेश, साउण्ड ईन्जिनियर मनोज परियार, कलाकार दिपक रायमाझी, शोभा भण्डारी, योगेश बुढाथोकी, दिलिप थापा, नारायण पन्त, नविना थापा, श्याम कुमार मिश्र, योगेन्द्र कार्की, किरण के। सी।, शर्मीला लुईटेल, भुमीका गिरी, आस्मा तामाङ सुस्मा, आयुष दाहाल, बिनिता भण्डारी, सुरक्षिता भट्टराई, अनामीका चौलागाई, कबिर सिंह ठकुरी, कृष्ण प्रसाद लामीछाने भिर, गायत्री पाण्डे, सरस्वती पाण्डे, मनिता डंगोल, नवराज तिवारी, अस्मिता भट्ट, गगन बास्तोला, सुस्मिता श्रेष्ठ, विजय तिमिल्सिना, सुस्ता पाण्डे, रस्मी आचार्य, शंकरदेव कंडेल, शिवशरण खड्का, रुपा थापा, स्मृति लामिछाने, बिजेन्द्र नौबागे, समाज सेवी धन बहादुर नेपाली, प्रबिधिक शिव पराजुली, गायक संगीतकार चिरञ्जिवी भण्डारी, दिलिप के। सी।, निर्देशक माधव खरेल, रामशरण कोईराला, गजेन्द्र रञ्जित, फोटो पत्रकार सुरेन्द्र थापा, केशव पाण्डे, प्रोडक्शन डिजाईनर सुवाश राज काफ्ले, मेकअप आर्टिष्ट टेकराज पाण्डे, गीता पौडेल, लक्ष्मी मल्ल, भिडियो सम्पादक साजन घले, सरिता गौतम, छायाँकार कृष्ण शहादुर थापा, राजु श्रेष्ठ, एभरेष्ट किष्ट ईङलीस स्कुल, दियालो फुड ल्याण्ड एण्ड पार्टी प्यालेस लगायत कलाकार, प्राविधिक र टेलिचलचित्र युनिटलाई समेत ‘कला सम्मान’ प्रदान गरिएको छ ।
कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताए।उनले भने ‘प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्य समाज निर्माणका लागि चलचित्रले महत्वपुर्ण भूमिका खेल्छ’ उनले भने ‘भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकासमा चलचित्र क्षेत्रको योगदान अतुलनिय छ ।’
ग्लोबल टेलिभिजनमा प्रसारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’का लेखक–निर्देशक कलाकार उत्तम केसी छन् । भने श्रृङ्खला निर्देशक उत्सव के. सी। रहेका छन । टेलिश्रृंखला ‘अव जे होला होला’ को सफलताको खुसी सबै माझ बाँड्न र कलाका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको थियो ।