उत्कृष्ट युटयुव भिडियो बन्दै ‘काेराेना हर्ने देवी’ ले जित्यो सोसल मिडिया फिल्म अवार्ड

राजधानीमा सम्पन्न सोसल मिडिया फिल्म अवार्ड   अन्तर्गत  उत्कृष्ट युटयुव भिडियोको अवार्ड ‘काेराेना हर्ने देवी’ ले जितेको छ । ‘काेराेना हर्ने देवी’ शितलामाईकाे पुजा आराधना गर्दा काेराेना हटने अन्धविश्वास राखेको मुसहरजातीको बिषयलाई उठान गरिएको भिडियो हो ।

काेभिडले  विश्व आक्रान्त  भैरहेकाे बेलामा नेपाल पनि अछुताे थिएन । विश्व लकडाउन अनि काेराेना कहरमा प्रताडित रहँदा स्थानीय मुसहरजातीले शितलामाईकाे पुजा आराधना गर्दा काेराेना हटने अन्धविश्वास राख्दथे।न त कुनै सामाजिक दुरी,न त मास्क स्यानेटाइजर विना कुनै सावधानी र सतर्कता  हुल बाँधेर हिडेंका समुदाय माथि तयार पारिएकाे युट्युब भिडियाे ”काेराेना हर्ने देवी ” ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स इन्टरनेशनल अफ फिल्म टेक्नोलोजी एण्ड प्रोडक्सनले आयाेजना गरेकाे सोसल मिडिया  फिल्म अवार्ड २०७८ मा उत्कृष्ट युटयुव भिडियो बाट पुरस्कृत भएको हो ।

सुराकी युट्युब च्यानलमा अपलाेड गरिएकाे भिडियाे अशाेककुमार बस्नेतले छायाङ्कन गरेका हुन।

Loading...
error: Content is protected !!