लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) कोटेश्वरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।
आफूलाई दिएको जिम्मेवारी उत्कृष्ट तरिकाले निर्वाह गरी व्यावसायिक रुपमा इमान्दरितापूर्वक प्रशंसनीय ढंगबाट काम गरेको भन्दै सञ्जेललाई ब्यूरोले महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो।
ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले ब्यूरोबाट जारी भएको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८० मा उल्लेखित व्यवस्थाअनुसार साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको छ।